एमालेको नाराबाजीपछि प्रतिनिधि सभा बैठक २९ गतेसम्मका लागि स्थगित

लोकपथ
49
Shares

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक भदौ २९ गते मंगलबारसम्मका लागि स्थागित गरिएको छ ।

आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरे सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

आज बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरु नाराबाजीसहित रोस्टम घेर्न पुगेका थिए । सभामुख सापकोटाले आफूले संसदीय मर्यादा कायम राख्न बैठक आह्वान गरेको बताए पनि सांसदहरुले नाराबाजी रोकेका थिएनन् । १५ मिनेटको लागि बैठक स्थगित गरिएको थियो । बैठक पुनः बसे पनि सांसदहरुको नाराबाजीपछि २९ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

भदौ २३ गते बुधबारबाट प्रतिनिधि सभाको नवौँ अधिवेशन सुरु भएको छ । बुधबार र शुक्रबार बसेको बैठकमा समेत एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?