बागमती प्रदेशमा अब ८ दलको प्रतिनिधित्व, एकीकृत समाजवादी सचिवालयमा दर्ता

लोकपथ
26
Shares

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभामा थप एक दलको सहभागिता भएको छ ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी दल प्रदेश सभा सचिवालयमा दर्ता भएसँगै प्रदेश सभाका दलहरुको संख्या ८ पुगेको हो ।

आइतबार नेपाल नेतृत्वको एसको आधिकारिकता निर्वाचन आयोगबाट प्राप्त भएसँगै प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलको संख्या ८ पुगेको हो ।

यसअघि प्रदेश सभामा ७ दलको मात्रै प्रतिनिधित्व रहेको थियो ।

जसअनुसार प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले नै कायम भएको छ । एमालेको ४३ जना सांसद, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझाको ३ सांसद, राष्ट्रिय प्रजातन्त्र र नेपाल किसान मजदुर पार्टीका २र२ जना सांसदहरु रहेका छन् । भने एक जना स्वतन्त्र सांसद रहेका छन् ।

गत भदौ ९ गते निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै भदौ २२ गतेसम्म निर्वाचन आयोगले प्रदेश र स्थानीय जनप्रतिनिधिहरुलाई सनाखत गर्न आग्रह गरेको थियो । जसअनुसार एमालेका १३ सांसदले एसमा सनाखत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?