सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीले फेरि मागे मन्त्रीको नाम

लोकपथ
35
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीको नाम फेरि मागेका छन् ।

प्रधानमन्त्री देउवाले सरकार गठनको दुई महिना पुग्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकिएको भन्दै गठबन्धनमा आबद्ध दलका नेताहरुलाई फेरि मन्त्रीका लागि छिटो नाम दिन आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषदलाई पूर्णता दिन निकै ढिलाइ भइसक्यो, अब छिटो नाम दिनुस् भन्नुभयो,’ बैठकमा सहभागी एक नेताले भने, ‘सरकारले पूर्णता नपाउँदा सरकारका कामकारवाहीमै असर देखिन थालेको भन्ने प्रधानमन्त्रीको भनाइ थियो ।’

गठबन्धनका अन्य दलका नेताहरुले भने पार्टीभित्र छलफल भइरहेको भन्दै केही दिन पर्खिन भनेका थिए । उनीहरुले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भएको स्वीकार गरेपनि कहिलेसम्म मन्त्रीहरुको नाम दिने भन्नेमा ठोस जवाफ नदिएको ती नेताले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान गठबन्धनको बैठक बसेको थियो । यसअघिको सत्ता गठबन्धनको बैठकमा पनि प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?