‘कपिल शर्मा शो’मा कंगना रनौतको इन्ट्री : ट्वीटर प्रयोगकर्ताबारे यस्तो धारणा

लोकपथ
416
Shares

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत आफ्नो फिल्म ‘थलाइवी’ को कारण चर्चामा छिन् । फिल्ममा उनले तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको भूमिका निभाएकी छिन् ।

हालै, कंगना यस फिल्मको प्रमोशनको लागी ‘द कपिल शर्मा शो’मा आएकी छिन् । कंगना विगतमा धेरै पटक कपिलको शोमा गएकी छिन् र उनको बोल्ने सैली देखेर शोमा सबैको होस उडेको छ। कपिल शर्मा पनि आफ्ना गेष्टहरुसँग रमाईलो गर्न लाज मान्दैनन् ।

कंगना रणौत, कपिल शर्मा

बोलीका कारण कंगना बेलाबेला विवादमा तानिने गरेकी छिन् । जब कंगना कपिलको शोमा पुगिन्, कपिलले उनलाई प्रश्न गरेका छन् लामो समयदेखि कुनै विवाद छैन, तपाईँ कस्तो महसुस गर्दै हुनुहुन्छ ?

यो देखेर कंगना आफैँ हाँसिन्। यति मात्र होइन, कपिलले कंगनालाई उनको एउटा पुरानो भिडियो देखाए जब उनी शाहिदको साथ फिल्मको प्रचार गर्न कपिलको शोमा पुगेकी थिइन् र उनले भनिन्, सोसल मिडिया त्यही मानिसहरुले चलाउँछन् जो खाली छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?