काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि १५ मिनेटका लागि संसद बैठक स्थगित भएको छ । आइतबारको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदहरु अन्य दिन जस्तै नाराबाजी गर्दैै रोस्टम घेर्न पुगेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार आफूले संसदीय मर्यादा कायम गर्नका लागि संवाद गर्नुपर्नेमा जोड दिएका थिए । तर एमाले सांसदहरुले निरन्तर नाराबाजी गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेको जानकारी गराएका हुन् । यसअघि भदौ २३ गतेबाट सुरु भएको बैठकमा एमालेका सांसदहरुको अवरोधपछि दुईदुई पटक १५र१५ मिनेटका लागि स्थागित गर्दै शुक्रबारसम्मका लागि सारिएको थियो । शुक्रबारको बैठकमा पनि एमाले सांसदहरुको अवरोधपछि आजका लागि बैठक सारिएको हो ।
नाराबाजी गरिरहेका सांसदहरुले संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर लगाएतका नाराहरु लगाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया