सभामुखद्वारा संवादमा आउन एमाले सांसदलाई आह्वान

लोकपथ
238
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाइ संवादमा आउन आह्वान गरेका छन् ।

आइतबारको संसद अवरुद्ध गरी नाराबाजी गरिरहेका बेला एमाले सांसदलाई संबोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान गर्नको लागि वार्ता र संवादमा आउन आह्वान गरेका हुन् ।

‘विपक्षी दलका सांसदलाई संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दछु’ उनले भने, ‘हामीले सबैले गम्भीर ढंगले मनन गरेर संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु, अपिल गर्छु ।’

सभामुख सापकोटाले १४ सांसदको कारबाहीसम्बन्धी विषय हाल सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यस विषयमा संसद बैठकमा छलफल हुन नसक्ने संवैधानिक व्यवस्था रहेको बताए ।

एमाले सांसदहरुले पक्षपतपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गरलगायतका नाराहरु लगाइरहेका छन् । प्रतिनिधिसभाको बैठक सुरु भइ राष्ट्रियगान सकिनेबित्तिकै सभामुख सापकोटाले आजको कारबाही प्रक्रिया सुरु भएको बताएसँगै सांसदहरुले नाराबाजी गर्न अगाडि पुगेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?