काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका छन् ।
गत बुधबार र शुक्रबार बसेको बैठकमा अवरोध खडा गरेको एमालेले आज पनि विभिन्न नाराहरुसहित अवरोध खडा गरेका छ ।
रोस्टम घेर्न पुगेका सांसदहरुले पक्षपतपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गरलगायतका नाराहरु लगाइरहेका छन् । सोही क्रममा सभामुख अग्निप्रसाद सापकोटाले संवादका माध्यमबाट बैठक चल्ने वातावरण बनाउन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठक सुरु भइ राष्ट्रियगान सकिनेबित्तिकै सभामुख सापकोटाले आजको कारबाही प्रक्रिया सुरु गरे बताएसँग सांसदहरुले नाराबाजी गर्न अगाडि पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया