नेप्से अपडेटः ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

लोकपथ
195
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको २ घण्टाको अवधिमा ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सो अवधिमा राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, छ्याङ्दी हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यी कम्पनीको सेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशतले बढेको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४७.५४ अंकले बढेर २९२३.५३ विन्दुमा पुगेको छ । सो अवधिसम्म ५ अर्ब २१ करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ । आज हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?