संसदमा अवरोध खडा गर्न सांसदलाई ओलीको निर्देशन

लोकपथ
105
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा नेकपा एमाले फुटाउने षड्यन्त्रमा लागेकाले संसद् अवरोध जारी राख्न आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले संसदीय मर्यादाभित्र रहेर संसद् अवरोध जारी राख्न निर्देशन दिएका हुन् ।

‘अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस्’, ओलीले भने, ‘नारा लगाउने र बेल घेर्नेभन्दा बाहिर नजानुुस् ।’ उनले शुक्रबार केही सांसदले सभामुखलाई माइकले हान्ने योजना रहेको भनेर बोलेको सुनेको भन्दै त्यस्तो योजना नभएको दाबी गरे ।

उनले वर्तमान गठबन्धन सरकार स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै घण्टाघर नबनाउने बरु भत्काउन सक्ने आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?