एमाले संसदीय दलको बैठक : प्रतिस्थापन विधेयकबारे समीक्षा

लोकपथ
169
Shares

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ ।

गत बुधबारबाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा जारी बैठकमा पूर्व अर्थमन्त्री एवं एमाले नेता विष्णु पौडेलले सरकारले ल्याएको प्रतिस्थापन विधेयकबारे खण्डन गरिरहेका छन् ।

शुक्रबारको बैठकमा एमालेको विरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्दै नयाँ विद्येयक ल्याएको छ ।

आज प्रतिनिधिसभा बैठक बस्दै छ । गत बुधबार र शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाको विरुद्ध रोस्टम घेरेका सांसदहरुले आज पनि विरोध गर्न लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?