आजको बजार : घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

लोकपथ
520
Shares

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

गत कारोबार दिन शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ७ सय रहेको थियो । आज तोलामा सुनको मूल्य ४ सयले गिरावट आई प्रतितोला सुन ९० हजार ३ सय कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज आज तेजावी सुनको मूल्य ८९ हजार ८ सय रहेको छ ।

महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार प्रतितोला चाँदीको मूल्य २० रुपैयाँले गिरावट आएको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १२ सय १५ रहेको थियो भने आज मूल्य गिरावट आई १ हजार १ सय ९५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?