बायर्नको शानदार जित

काठमाडौं। जर्मन बुन्डेस लिगा अन्तर्गत शनिवार खेलिएको खेलमा साविक विजेता बायर्न म्युनिखले आरबी लाइपजिगलाई ४-१ गोलले पराजित गरेको छ।

लाइपजिगको घरेलु मैदानमा खेलिएको खेलमा बायर्नले खेलको १२औं मिनेटमा अग्रता लिएको थियो। बायर्नका लागि स्ट्राइकर रोबर्ट लेवान्डस्कीले पेनाल्टीमार्फत गोल गरेका थिए।

Jamal Musiala reacts to Bayern Munich's big win over RB Leipzig - Bavarian  Football Works

खेलको दोस्रो हाफमा बायर्नले अर्को तीन गोल थप्न सफल भयो। खेलको ४७औं मिनेटमा जामाल मुसियालाले बायर्नको अग्रता दोब्बर बनाएका थिए।

त्यस्तै खेलको ५४औं मिनेटमा बायर्नले अग्रता तेब्बर बनायो। यसपटक बायर्नका लागि लेरोय सानेले गोल गरेका थिए। त्यसको ४ मिनेट पछि लाइपजिग खेलमा फर्कियो।

Five observations from Bayern Munich's 4-1 thrashing of RB Leipzig -  Bavarian Football Works

घरेलु टोलीका लागि कोनार्ड लाईमरले गोल गर्दै लाइपजिगलाई खेलमा फर्काएका थिए। तर खेलको इन्जुरी समयमा बायर्नले चौथो गोल थप्यो। बायर्नका लागि स्ट्राइकर एरिक चुपो मोटिङले गोल गर्दै च्याम्पियन टोलीलाई सहज जित दिलाउन सफल भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?