मेस्सी र नेयमारबिना नै पीएसजीको शानदार जित

काठमाडौं। फ्रेन्च लिग-१ अन्तर्गत शनिवार भएको खेलमा उपाधि दावेदार टोली पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्लेरमोन्ट फुटलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

मेस्सी र नेयमारलगायतका स्टार खेलाडी बिना नै मैदान प्रवेश गरेको पीएसजीको टोलीले खेलको २०औं मिनेटमा अग्रता लिएको थियो। मिडफिल्डर एन्डर हरेराले घरेलु टोलीलाई अग्रता दिलाए सफल भएका थिए।

PSG 4-0 Clermont Foot: Ander Herrera at the double as Messi-less hosts claims thumping win - Eurosport

पीएसजीले खेलको ३१औं मिनेटमा आफ्नो अग्रता दोब्बर बनायो। हरेराले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाउन सफल भएका थिए।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको पीएसजीले दोस्रो हाफमा अर्को दुई गोल थप्यो। खेलको ५५औं मिनेटमा स्टार खेलाडी कीलियन एमबाप्पेले गोल गर्दै घरेलु टोलीको अग्रता तब्बर बनाएका थिए।

Ligue 1: PSG thrash newcomers Clermont Foot 4-0 - TruthUnfold

त्यसपछि खेलको ६५औं मिनेटमा अर्का मिडफिल्डर इदृशा गाना गुवेले पीएसजीको चौथो गोल गर्न सफल भए। यस जितसँगै पीएसजीले लिग-१ मा लगातार ५ खेल जित्न सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?