३१ आश्विन २०७८, आईतवार

मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने

२०७८,भाद्र,२७,आईतवार ०८:१५


मकवानपुर । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् ।

जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउन लागेका हुन् ।

स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउन शैक्षिक संस्थालाई भनिएको छ । गत वैशाखको १५ गतेदेखि विद्यालय बन्द गरिएको थियो भने वैकल्पिक माध्यमबाट अध्ययन/अध्यापन गराइँदै आएको थियो ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा गत भदौ १७ गते बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सबै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न मिल्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २०७८,भाद्र,२७,आईतवार ०८:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्सावको मत लिने प्रस्ताव पेश भएको छ । मुख्यमन्त्री शाक्यले आइतबारको

बागमती । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालमा मनाइने विभिन्न चाडपर्वले सामाजिक एकता कायम गरेको बताएकी छन् । विजया दशमी,

चितवन । जिल्लामा दशैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा(एमाले) नेत्री अष्टलक्ष्मी शाक्यले पार्टीभित्र केही बेमेल भए पनि पार्टी फुटको विपक्षमा आफू रहेको

ताजा समाचार