लेस्टरमाथि च्याम्पियन म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

काठमाडौं। इंग्लिश प्रिमियर लिगअन्तर्गत शनिवार भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले बलियो टोली लेस्टर सिटीलाई १-० गोलले पराजित गरेको छ।

लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटीले दोस्रो हाफमा अग्रता लिन सफल भएको थियो। पहिलो हाफमा दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल खेलेपनि गोल भने गर्न सकेका थिएनन्।

Leicester 0-1 Man City: Silva gifts Pep's men three points

म्यानचेस्टर सिटीका पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भाले दोस्रो हाफको ६२औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाउन सफल भएका थिए। खेलमा अधिकांश समय बल पोसेसनमा हैकम जमाएको म्यानचेस्टर सिटीले कुल २५ शट प्रहार गरेको थियो।

यस जितसँगै म्यानचेस्टर सिटी ४ खेलमा ९ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उता लेस्टर सिटी भने ४ खेलमा ६ अंकसहित ९औं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?