रोनाल्डोको शानदार डेब्यूमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं। इंग्लिश प्रिमियर लिगअन्तर्गत बलियो टोली म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई ४-१ गोलले पराजित गरेको छ।

म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए। युनाइटेडका लागि दोस्रो डेब्यू गरेका रोनाल्डोले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

English Premier League Live Score, Manchester United vs Newcastle United  Football Match Live Score Streaming Online: Live Stream, Live Telecast and  Updates

पहिलो हाफमा एक गोलको अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा गोल खाएको थियो। न्युक्यासलका फूल ब्याक हाभियर मान्कुइलोले ५६औं मिनेटमा उत्कृष्ट गोल गर्दै पाहुना टोलीलाई बराबरीको अवस्थामा लगेका थिए।

तर रोनाल्डोले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडले पुनः अग्रता लिएको थियो। रोनाल्डोले खेलको ६२औं मिनेटमा दोस्रो गोल गरेका थिए।

Premier League LIVE: Cristiano Ronaldo returns for Man Utd v Newcastle,  Leicester City v Man City, Chelsea v Aston Villa scores, commentary &  updates - Live - BBC Sport

खेलको ८०औं मिनेटमा युनाइटेडले अग्रता दोब्बर बनाउन सफल भयो। यस पटक भने युनाइटेडका स्टार मिडफिल्डर ब्रुनो फर्नान्डेजले शानदार लङ रेन्जर गोल प्रहार गरेका थिए।

युनाइटेडले खेलको इन्जुरी समयमा अर्को गोल थप्यो। प्रतिस्थापन भएर मैदान प्रवेश गरेका जेसी लिनगार्डले ९०+२ मिनेटमा शानदार गोल गर्दा युनाइटेडले न्युक्यासलमाथि सहज जित प्राप्त गरेको हो।

Ronaldo debut double as Man United overwhelm Newcastle | Reuters

यस जितसँगै म्यान्चेस्टर युनाइटेड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ४ खेलमा १० अंकसहित युनाइटेड शीर्ष स्थानमा उक्लिन सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?