टोटनह्याम क्रिस्टल प्यालेससँग पराजित

काठमाडौं। इंग्लिश प्रिमियर लिगअन्तर्गत क्रिस्टल प्यालेसले बलियो टोली टोटनह्याम हटस्परलाई ३-० गोलले पराजित गरेको छ।

क्रिस्टल प्यालेसको घरेलु मैदान सेलहरस्ट पार्कमा शनिवार खेलिएको खेलमा घरेलु टोली प्यालेसले दोस्रो हाफमा तीन गोल गर्न सफल भएको थियो। पहिलो हाफमा दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल खेले पनि गोल भने गर्न सकेका थिएनन्।

Crystal Palace player ratings vs Spurs after brilliant 3-0 win at Selhurst Park - football.london

दोस्रो हाफमा टोटनह्याम १० खेलाडीमा सिमित भयो। खेलको ५८औं मिनेटमा टोटनह्यामका रक्षक जाफेट तानगंगाले दोहोरो पहेंलो कार्ड प्राप्त गरेर मैदानबाट बाहिरिएका थिए। त्यसपछि क्रिस्टलले खेलको ७६औं मिनेटमा अग्रता लिन सफल भयो। प्यालेसका स्टार खेलाडी विलफ्रेड जाहाले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

त्यस्तै खेलको ८४औं मिनेटमा प्यालेसका नयाँ खेलाडी ओडोसने एडुवार्डले घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए।निर्धारित ९० मिनेटको खेलपछि थपिएको इन्जुरी समयमा प्यालेसले तेस्रो गोल थप्यो। एडुवार्डले खेलमा व्यक्तिगत दोस्रो तथा प्यालेसको तेस्रो गोल गर्दै घरेलु टोलीलाई शानदार जित दिलाएका थिए।

Crystal Palace vs Tottenham Full Match Highlights: Premier League - The PK Times

यस सिजन प्रिमियर लिगमा राम्रो सुरुवात गरेको टोटनह्यामले सिजनको पहिलो हार बेहोरेको छ। अंक तालिकामा शीर्ष स्थानमा रहेको टोटनह्यामले यसअघि ३ खेलमा ९ अंक प्राप्त गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?