काठमाडौं । काठमाडौंमा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।
गोकर्णेश्वर नगरपालिका–४ माकलबारीस्थित टहरामा तास खेलिरहेको अवस्थामा सोही टहरामा होटल संचालन गरी बस्ने खोटाङ घर भएकी ३५ वर्षीया लता राई समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त टहरामा राईले जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ६ सय ८५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया