लोक गायिका जो आफैँ अभिनय पनि गर्छिन्

लोकपथ
2.7k
Shares

लक्ष्मी आचार्यले चक्र बमसँग देउडा भाकामा गाएको ‘भन साली तेरो दिदी कहाँ छ…’ भाकाको गीतलाई युट्युबमा ४८ लाख भन्दा बढी पटक हेरिएको छ ।

लोक गीतकी जल्दा बल्दा गायिकाको रूपमा स्थापित भइसकेकी लक्ष्मीले कुलेन्द्र विश्वकर्मासँग गाएको ‘आफ्नै नाम मन पर्‍यो…’ बोलको गीतलाई पनि युट्युबमा अत्यधिक रुचाइएको छ । यस्तै खुमन अधिकारीसँग गाएको ‘म भन्दा मोटा मोटा छन्…’ बोलको गीत पनि अर्को चर्चित गीतको सुचीमा रहेको छ ।

गायन क्षेत्रमा ब्यवशायिक रूपमा लागेको ७ वर्षको अवधिमै लक्ष्मीले ३०–४० वटा लोक गीत गाइसकेकी छिन् । आइटम र देउडालाई पनि समावेश गर्ने हो भने उनले १ सय ५० वटा गीत रेकर्ड गरिसकेकी छिन् ।

टिकापुरको कैलालीमा जन्मिएकी लक्ष्मी आचार्यलाई गायनले सानै देखि आकर्षित गरेको थियो । गाउँघरमा आयोजना हुने गीति कार्यक्रममा उनी गीत गाउँथिन् । आफूमा रहेको गायनको कलालाई निखार्न उनी काठमाडौँ आइन् । काठमाडौँ आएपछि उनले गायनलाई नै प्रोफेसनल रूपमा अगाडी बढाइरहेकी छिन् ।

अहिले पहिला जस्तो गीतको एल्बम निकाल्ने चलन छैन । एक–दुई वटा गीत रेकर्ड ग¥यो म्युजिक भिडियो बनाएर युट्युबमा हाल्ने चलन रहेको छ । लक्ष्मीले पनि अहिले त्यही गर्छिन् अरूले सिर्जना गरेको गीत पनि गाउँछिन् भने आफै पनि गीत तयार गर्छिन् ।

बेला बेलामा आफ्नै गीतको म्युजिक भिडियोमा समेत अभिनय गर्ने लक्ष्मी अरू कलाकारलाई पनि कहिले काहीँ समावेश गर्ने गर्छिन् ।

तस्विरहरुः नवीन के. श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?