‘संशोधनसहित एमसीसी सम्झौता पारित गर्ने एमालेको नीति हो’

लोकपथ
98
Shares

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले अमेरिकी सहयोग मिलेनियमन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौता संशोधनसहित पारित गर्ने पार्टीको नीति भएको बताएका छन् ।

तुल्सीलाल स्मृति भएको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले संशोधनसहित एमसीसी पारित गर्ने नेकपाकै समयमा भएको निर्णयमा अहिले पनि एमाले निर्णयमै कायम रहेको बताए ।

एमसीसी अनुमोदनको विषयमा सरकारले लिने नीतिमा आधारमा अघि बढ्ने योजना रहेको भट्टराईले बताए। एमालेले बुधबार बिहान भएको संसदीय दलको बैठकमा समेत एमसीसीको विषयमा छलफल भएको उनले बताए ।

नेपाल भ्रमणमा रहेकी एमसीसीको उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको पोजिसन हेरिरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?