एमाले स्थायी कमिटी बैठक दिउँसो पुन: बस्ने, विधान महाधिवेशन प्रतिनिधि मापदण्ड निर्धारण गरिँदै

लोकपथ
28
Shares

काठमाडौँ । विधान महाधिवेशनका लागि प्रतिनिधिको मापदण्ड निर्धारण गर्न नेकपा एमालेको स्थायी कमिटीको बैठक साढे ३ बजे पुन: बस्ने भएको छ

शनिबार बिहान तुल्सीलाल प्रतिष्ठान च्यासलमा बसेको स्थायी कमिटीको बैठकमा संगठन विभागले प्रतिनिधि छनोटको विषयमा प्रस्ताव प्रस्तुत गरेको थियो ।

पार्टी प्रचार विभाग प्रमुख योगश भट्टराईका अनुसार विधान महाधिवेशनमा करिब ३ हजार जना प्रतिनिधि सहभागी गराउने विषयमा छलफल भएको छ । तर को को सहभागी हुने भन्ने विषय टुंगिएको छैन । त्यसका लागि शनिबार दिउँसो ३ बजे पुन बैठक बोलाइएको छ ।

‘आउँदो विधान अधिवेशनमा आयोजनाको विषयमा छलफल गरेका छौं । विधान अधिवेशनको प्रतिनिधिहरु को-को हुन् । विधान अधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधानको विषयमा छलफल गर्न बसेको हो,’ भट्टराईले भने, ‘विधान अधिवेशनमा भाग लिने प्रतिनिधिहरुको बारेमा अहिले छलफल भइरहेको छ । अहिलेको विधानले राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरु रहने व्यवस्था गरेको छ ।’

त्यस्तै दिउँसो ३ बजे हुने बैठकमा विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक, संगठनिक र विधानसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमाथि पनि छलफल हुने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?