काठमाडौं । आफ्नो व्यक्तिगत सिफारिसमा प्रहरी जवान पदमा देशभरबाट ४१ जनाको नाम निकालेको भन्दै फेसबुकमा स्टाटस लेख्ने युवा पक्राउ परेका छन्।
केही कांग्रेसका नेताहरु र आफ्नो सिफारिसमा देशभरबाट ४१ जना प्युठानी छोराहरुको नाम निकालेको भन्दै फेसबुकमा स्टाटस हालेपछि ऐरावती गाउँपालिका-१ का ३० वर्षीय नरेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
गुरुङले नाम निकाल्न सहयोगका लागि गृहमन्त्री बालकृष्ण खाँण पनि लाई धन्यवाद भन्दै फेसबुकमा स्टाटस हालेका छन् ।
नरेन्द्र गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन् ‘मेरो व्यक्तिगत पहलमा प्युठानी छोराहरुले नेपाल प्रहरीमा नाम निकाल्न सफल भएका छन् । भाइहरुलाई हार्दिक बधाइ छ । नेपाली कांग्रेस प्युठानका उपसभापति बद्री लम्साल ज्यूको सिफारिसमा ११ जना हिमाल श्याम, राजन लगाएत अन्य साथीहरुको सिफारिसमा गरि देशभरमा ४१ जना नाम निकाल्न सफल भएको छु । सहयोगका लागि माननिय गृहमन्त्री बालकृष्ण खाण्ड ज्यूलाई हार्दिक धन्यवाद ।’

“गृहमन्त्रीसम्मको नाम लेखेर स्ट्याटस लेखेपछि हामीले पक्राउ गरेका हौं ।” जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले लोकपथसँग भने ।
गुरुङसँग घटनाबारे सोधपुछ र अनुसन्धान भइरहेको डीएसपी मल्लले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया