गगन थापाको अर्को अभियान सुरु, शताब्दी पुरुषद्धारा उद्घाटन

काठमाडौं, १ वैशाख । नयाँ वर्षको अवसर पारेर काँग्रेस नेता तथा काठमाडौ चारका सांसद गगनकुमार थापाले आज आफ्नो क्षेत्रमा नयाँ अवधारणा सहितको अभियान सुरु गरेका छन् ।गत वर्ष २०७४ को पहिलो दिन स्वास्थ्य मन्त्री भएकाले पाँच प्रतिबद्धता सहितको “मेरो स्वास्थ्य मेरो वर्ष” अभियानको सुरुवात गरेका थापाले आज आफ्नो निर्वाचन क्षेत्रमा नयाँ अवधारणा सहितको सरसफाई अभियान सुरु गरेका हुन् ।सांसद थापाले स्थापना गरेको काठमाडौं चारको सांसदको कार्यालयद्वारा आयोजित “म बन्छु जिम्मेवारः कर्तव्यसंगै अधिकार” नामक अभियानको शताब्दी पुरुष सत्यमोहन जोशीले प्रारम्भ भएको घोषणा गरेका थिए ।कार्यक्रममा शताब्दीपुरुष जोशीले चार नं. क्षेत्रमा सुरु गरिएको यो अभियान मेची देखि महाकाली सम्मका गाँउपालिका देखि संघीय सरकारसम्मले अनुकरण गर्न अत्यावश्यक रहेको बताए ।कतव्र्यमा जोड दिने कतव्र्य सहितको अधिकार बोध गराउने अभियानलाई सवैले मनन गरियो भने देश बनी छाड्ने उहाँले विश्वास व्यक्त गरे ।कार्यक्रममा सांसद थापाले नयाँ बर्षलाई कर्तव्यको बर्ष बनाउन आह्वान गर्दै बर्षभरी आफ्ना गतिविधिलाई अधिकार भन्दा कर्तव्यको दृष्टीकोणबाट हेर्न आग्रह गरे ।हाम्रा कुनै पनि धर्मले कर्तव्य विनाको अधिकारलाई नमान्ने चर्चा गर्दै उनले कर्तव्य पुरा गर्ने मात्रै अधिकारको हकदार हुने तर्क गरे ।अधिकार प्रति म जति सचेत रहन्छु कर्तव्य प्रति पनि त्यती नै सचेत रहने छु भन्ने सोच र अठोट नयाँ वर्षका अवसरमा लिन उनले आग्रह गरे ।अभियानलाई कुनै राजनीतिक दल, संस्थाको मात्र नभई संपूर्ण जिम्मेवार नागरिकको अभियानका रुपमा लिन थापाले आह्वान गरे ।यो वर्षभरी आफ्नो निर्वाचन क्षेत्रमा ‘हरेक महिना एक विहान, समुदायको लागि श्रमदान” कार्यक्रम संचालन गरिने उनले जानकारी दिए । अभियान अन्तर्गत पहिलो कार्यक्रम आज ज्ञानेश्वर देखि चावहिल सम्म बृहत सरसफाई कार्यक्रम गरिएको छ ।कार्यक्रममा विभिन्न राजनीतिक दल, दर्जनौं सामाजिक संघसंस्थाका प्रतिनिधिसँगै स्थानीयबासीको उल्लेख्य सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?