९/११ विमान हमलाको २० वर्ष पूरा, यसरी भएको थियो घटना

काठमाडौं । आज सेप्टेम्बर ११ । अमेरिकामा अलकायदाद्वारा विमान हमला भएको दिन । अमेरिका संसारको सबैभन्दा शक्तिशाली देश । २००१ मा यो दिन अलकायदाद्वारा आतंकित भएको थियो ।

९/११ विमान हमलामा मात्र १०२ मिनेटमा २ हजार ७ सय ६३ जनाले ज्यान गुमाएका थिए । उक्त आतंकवादी हमला भएको २० वर्ष भएको छ ।

कसरी भएको थियो आतंकवादी हमला ?

९/११ मा अल कायदाले ४ वटा विमान कब्जा गरेका थिए । जसमध्य ३ विमान उनीहरुले प्लानअनुसार टार्गेटमा ठोक्काएका थिए । तर एउटा विमान भने खाली ठाँउमा दुर्घटना भएको थियो । उक्त विमानमा सवार अमेरिकी नागरीकहरुले आतंकवादीसँग लडेर विमानलाई खाली ठाँउमा खसालेका थिए ।

उडिरहेका विमानमा आतंकवादीसँग लडेका थिए अमेरिकी नागरिक :

युनाइटेड फ्लाइट ९३ ले न्यू जर्सी इन्टरनेसनल एयरपोर्टबाट उडेको ४० मिनेटपछि कब्जा गरेका थिए । विमानमा सवार मानिसहरुले आतंकवादीहरुले विमान कब्जा गरेको खबर पाए । यात्रुहरु एक चलिरहेको विमानमा आतंकवादीहरुसँग लड्न थाले र ८०४ किलोमिटर प्रतिघण्टाको रफतारमा उडिरहेको विमान बिहान १० बजेर १० मिनेटा खालि ठाँउमा गएर दुर्घटनाग्रस्त भएका थियो ।

उक्त विमानमा सभार ४४ जनाको मृत्यु भएको थियो । तर उनीहरुले अमेरिकामा हुन लागेको अर्को दुर्घटनालाई बचाएका थिए ।

११ सेप्टेम्बर २००१ अलकायदाका १९ आतंककारीहरुले ४ वटा विमान हाइज्याक गरेर अमेरिकामा आत्मघाती हमला गरेका थिए ।

समय बिहान ८:४५ बजे

मंगलबार । अमेरिकी एयरलाइन्सको बोइङ जसमा ७५७८० लिटर इन्धन थियो उक्त विमान न्यूयोकको वल्ड ट्रेड सेन्टरको उत्तरी टावरमा ठोकिएको थियो । ११० तलाको उक्त टावरमा विमान ठोक्किएपछि इन्धनका का।रण आगोले उग्र रुप लिएको थियो ।

१८ मिनेटपछि :

अमेरिकी विमान बोइङ ७६७को फ्लाइट १७५ अचानक आकाशबाट गाएब भयो । विमानस्थलमा खैलाबैला मच्चियो । विमान हराएको केही समयपछि वल्ड ट्रेड सेन्टरको दक्षिण टावरको ६०औं तलामा गएर ठोकिएको थियो । त्यसपछि मात्रै यो आतंकवादि हमला हो भन्ने पुष्टि भएको थियो ।

अमेरिका पर आतंकी हमले की 20वीं बरसी

९ : ४५ बजे

अमेरिकी एयरलाइन्सको विमान ७७ अमेरिकी सेनाको हेड क्वाटर पेन्टागनको पश्चिमी भागमा ठोकिएको थियो । उक्त घटनामा १२५ सैन्यकर्मी र विमानमा सवार ६४ जनाको मृत्यु भएको थियो ।

राष्ट्रपति जर्ज डब्ल्यू बुसको नेतृत्वमा अमेरिका २००१ मा आतंककारीविरुद्ध लडाइँ सुरू गरिएको थियो । राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिकाले अल कायदाका प्रमुख ओसामा बिन लादेनलाई अन्त्य गरेर आफैंमा यस हमलाको बदला लिएको थियो, तर आतंकवादको विरुद्ध दुई दशक लामो लडाइँ अफगानिस्तान भने फेरि उही बिन्दुमा आएको छ, जहाँबाट सुरु गरेको थियो ।

अफगानिस्तानमा तालिबानको कब्जा र सरकार गठनसँगै आतंकको नयाँ रुप भएको आकलन गर्न थालिएको छ ।

बेलायतको एम १५ घरेलु जासुस सेवाका प्रमुख केन म्याक्कुलमका अनुसार अफगानिस्तानको स्थितिले आतंकवादीहरुलाई फेरि प्रोत्साहन दिएको छ । सबै देश आतंकवादी घटनाहरुको बारेमा सतर्क हुनुपर्छ ।

यद्यपि, तालिबानले अफगानिस्तानलाई आतंकवादी हमलाको षड्यन्त्रमा प्रयोग गर्न नदिने बताएको छ, तर सत्य यो हो कि अफगानिस्तान पश्चिमी देशहरुमा आतंकवादी हमलाहरुको आश्रयस्थल बनेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?