काठमाडौं । डाबर नेपालका साझेदारसमेत रहेका उद्योगी रुक्मशम्शेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ।
मिर्गौला, सुगर र प्रेसर रोगबाटपीडित उनको काठमाडौं बत्तिसपुतलीस्थित निवासमा शनिवार बिहान निधन भएको परिवारजनले जानकारी दिएको छ ।
नेपाल-भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्षसमेत रहेका राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार हुन्। उनको शनिवार दाहसंस्कार गरिने भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया