९ चैत्र २०७९, बिहीवार

एनआरएन रुसद्वारा विकट गाउँमा एम्बुलेन्स सहयोग

२०७४,आश्विन,२३,सोमवार १०:०३

0
Shares

फलेवास (पर्वत), २३ असोज ।रोजगारीका लागि रुसमा रहेका नेपालीको सहयोगमा यहाँको एक विकट गाउँमा एम्बुलेन्स सञ्चालनमा आएको छ ।गैरआवासीय नेपाली संघ रूसको सहयोगमा दक्षिण पर्वतको विहादी गाउँपालिका–३ मा रहेको रानीपानी स्वाथ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो ।एनआरएन रुसमा आबद्ध नेपालीले एम्बुलेन्स खरिदका लागि रु २० लाख संकलन गरेका थिए । एम्बुलेन्स सेवा नहुँदा थुप्रै बिरामीले बाटोमै ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै प्रवासीले रकम संकलन गरी एम्बुलेन्स खरिदका लागि पठाएका हुन् ।आइतबार रानीपानी स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पर्वत क्षेत्र नं २ बाट निर्वाचित सांसद विकास लम्साल र एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतमले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन ।सो अवसरमा बोल्दै गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले ग्रामीण विपन्न क्षेत्रका जनताको स्वास्थ्य सुधार गर्न एम्बुलेन्सले सहयोग पु¥याउने बताउँदै मानवीय सेवाका क्षेत्रमा आगामी दिनमा पनि एनआरएनले थप सहयोग जारी राख्ने बताए । गाउँमा एम्बुलेन्स सेवा शुरु भएसँगै स्वास्थ्य क्षेत्रमा सहज हुने बताउँदै उहाँले विकासमा स्थानीय नै सक्रिय हुनुपर्नेमा जोड दिए ।एम्बुलेन्स प्राप्त भएपश्चात् स्थानीयवासीको धेरै वर्षदेखिको माग र आवश्यकता पूरा भएको तथा आकस्मिक बिरामीका लागि समयमा नै अस्पताल पु¥याउन सहज हुने रानीपानी स्वास्थ्य चौकीका अध्यक्ष सूर्यबहादुर थापाले बताए ।एम्बुलेन्स सेवा सञ्चालनसँगै दक्षिण पर्वतको विहादी गाउँपालिकाअन्तर्गत रानीपानी, बर्राचौर, वहाकी, उरामपोखरा तथा पैँयु गाउँपालिकाका बासिन्दा लाभान्वित हुने भएका छन् । उक्त क्षेत्रका बासिन्दा सामान्य उपचारका लागि पनि स्याङ्जा तथा पाल्पा जानुपर्ने बाध्यता रहेको छ ।सो अवसरमा सांसद विकास लम्सालले बाच्नु पाउनुपर्ने मानिसको पहिलो अधिकार रहेको र जनताको त्यही अधिकारको संरक्षण गर्ने क्रममा स्वास्थ्यलाई बढी प्रथमिकता दिएको बताए । आफूले पर्वतको विकासका लागि धेरै काम गरेको बताउँदै सांसद लम्सालले आफू सबै गाउँबस्तीमा पुगेर जनताको वास्तविक समस्या बुझेको र त्यहीअनुसार कामलाई प्राथमिकतामा राखेर सम्पादन गरेको बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १०:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले

काठमाडौं । कतारमा आफूले भोगेको दुर्व्यवहारको क्षतिपूर्ति पाउनबाट आप्रवासी श्रमिकहरू वञ्चित भइरहेका बेला नेपालका तीन दर्जन नागरिक संघ संस्थाहरूले फिफा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को

भैरहवा । लुम्बिनी विकास कोषद्वारा दसैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००