दुई साता पछि क्लब फुटबल फर्किँदै

काठमाडौं। फिफा विश्वकप २०२२ अन्तर्गत सबै क्षेत्रको छनोट चरण खेल पश्चात् आज (शनिवार)बाट क्लब फुटबल फेरि सुरु हुँदैछ।

विश्वकप छनोट अन्तर्गत युईएफए, कनमेबोल लगायत सबै क्षेत्रका समूह चरणको खेल पश्चात् पुनः क्लब फुटबल सुचारु हुन लागेको हो। शनिवार इंग्लिश प्रिमियर लिगमा ८ खेल हुँदैछन्।

Fantasy Premier League is back: What you need to know

इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिवार टोटनह्याम र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै आर्सनल र नरविच, लेस्टर सिटी र च्याम्पियन म्यानचेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र न्युक्यासल तथा चेल्सी र एस्टन भिल्ला शनिवारको खेलमा प्रतिस्पर्धा गर्दैछन्।

त्यस्तै फ्रेन्च लिग-१ तर्फ पेरिस सेन्ट जरमेन (पीएसजी) र क्लेमेन्ट फुट प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै मोनाको र मार्से पनि शनिवार प्रतिस्पर्धा गर्दैछन्। पीएसजीको खेलमा स्टार खेलाडी मेस्सी, नेयमार र एमबाप्पे भने खेल्नेछैनन्। एमबाप्पे चोटका कारण पीएसजीको खेलमा सम्मिलित हुने छैनन् भने नेयमार र मेस्सी राष्ट्रिय टोलीको स्क्वाडबाट शनिवार मात्र पेरिस फर्कँदै छन्।

PSG | Messi: The Dream Team PSG want to build | Marca

जर्मन बुन्डेस लिगा अन्तर्गत शनिवार साविक विजेता बायर्न म्युनिख र आरबी लाइपजिग प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै बायर लिभरकुजेन र बोरुसिया डर्टमन्ड पनि शनिवार नै प्रतिस्पर्धा गर्दैछन्।

इटालियन सिरी-एतर्फ दुई बलिया टोली नापोली र युभेन्टस प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै स्पेनिश ला-लिगामा लेभान्टे र रायो भालेकानो प्रतिस्पर्धा गर्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?