आत्महत्या न्यूनीकरणमा ठोस कदम चाल्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पोखरेल

लोकपथ
130
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मनोसामाजिक सुस्वास्थ्यको प्रवद्र्धन तथा आत्महत्या न्यूनीकरणमा ठोस कदम चाल्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोशिश संस्थाद्वारा विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उनले यसको निराकरणका लागि सबैको साथ र सहयोग अपरिहार्य भएको बताए ।

सबैको सहकार्यमा आत्महत्या न्यूनीकरणका लागि बहुक्षेत्रीय कार्ययोजनाको निर्णय गरी अविलम्ब कार्यान्वयन गरिनुपर्नेमा जोड दिँदै उनले जीवनलाई जोगाउँदै सुनौलो भविश्यको निर्माण गर्नुपर्छ भन्नेमा आफ्नो व्यक्तिगत एवं मन्त्रालयको तर्फबाट प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री पोखरेलले व्यक्तिलाई बदल्नेभन्दा पनि समाजमा रहेका नकारात्मक सोच र अभ्यासलाई परिवर्तन गर्न आवश्यक रहेकामा जोड दिए । आर्थिकरूपमा सम्पन्न भए पनि मानसिकरूपमा कमजोर भएपछि मानिस आत्महत्या गर्न बाध्य भएको पाइएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?