काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेर गरेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशनसमेत सम्पन्न हुन नसकेपछि कांग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गरेको हो ।
कांग्रेस निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले २० जिल्लाको वडा अधिवेशन नै हुन बाँकी रहेको बताउँदै महाधिवेशन कार्यतालिकामा हेरफेर गरिएको बताए । नयाँ कार्यतालिकाअनुसार पालिका अधिवेशन देशभर सबै पालिकामा एकैपटक असोज ९ गते हुने भएको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्रमा १२ गते हुने भएको छ भने १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हुने छ । एक निर्वाचन क्षेत्र भएका जिल्लामा १५ गते नै जिल्ला अधिवेशन सम्पन्न हुने छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा भने १८ गते जिल्ला अधिवेशन हुने कार्यतालिकामा उल्लेख छ । प्रदेश महाधिवेशन र केन्द्रीय महाधिवेशन भने यथावत रहेको छ ।
नयाँ कार्यतालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया