१४ जेष्ठ २०८०, आईतवार

सप्तरी एमालेले चार वटै क्षेत्रको उम्मेदवार टुंगो लगायो

२०७४,आश्विन,२३,सोमवार १०:००

0
Shares

राजविराज, २३ असोज ।अगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) सप्तरीले चारवटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएका छन् ।प्रतिनिधि सभाका लागि सप्तरी क्षेत्र नं १ बाट सुमनराज प्याकुरेल, २ बाट रञ्जु ठाकुर, ३ बाट तारकान्त चौधरी र ४ बाट मो इस्लामको नाम सिफारिस भएको नेकपा (एमाले)ले जनाएको छ ।यस्तै नेपाली काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको अध्यक्षतामा सम्पन्न बैठकले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारहरुको सन्दर्भमा क्षेत्रीय समितिले सिफारिस गरी पठाएको नामावली केन्द्रमा पठाउने निर्णय भएको छ ।नेपाली काँग्रेस सप्तरीका सचिव भूपेन्द्रनारायण यादवले आज एक प्रेश विज्ञप्ति जारी गर्दै नाम छुटेका अन्य कार्यकर्तासँग समेत सल्लाह गरी केन्द्रमा नामावली सिफारिस गरी पठाउने निर्णय सर्वसम्मतबाट गरिएको विज्ञप्तिमा उल्लेख छ ।साथै आगामी जिल्ला समन्वय समिति निर्वाचनका लागि सम्पूर्ण पक्षसँग नेपाली काँग्रेसले वार्ताका लागि पहलसमेत गर्ने निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १०:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । लोसपाले मधेस प्रदेशमा वन तथा वातावरण मन्त्रालयको

काठमाडौं । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एकजनालाई मन्त्रीलाई प्रदेश प्रमुख

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई

काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मधेश सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री सहभागी हुने भएसँगै

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९