राजविराज, १ वैशाख । सप्तरीमा छुट्टाछुट्टै ठाउँमा गए राति आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ ।राजविराज नगरपालिका – ९, जोलहरी पश्चिम टोल बस्ने बालगोविन्द यादवको गाईगोठमा आगलागी हँुदा परालका दुई कुन्यु , १० कट्ठा खेतबाट काटेर राखिएको गहुँ, दुई क्विन्टल तोरी र एक थान पम्पिङसेट जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।आगलागीबाट करीब रु दुई लाखको क्षति भएको पीडितले जनाएका छन् । आगलागीको कारण भने खुलेको छैन ।यस्तै हनुमाननगर कंकालिनी नगरपालिका– १४, रम्पुरा मल्हनीयाँका सोनाइ माझीको गहँु दाउने क्रममा थे्रसरबाट आगलागी हुँदा निजको एउटा गाई गोठ मर्नाका साथै गोठभित्र राखिएको १४ क्विन्टल गहँु, दुई क्विन्टल तोरी र फर्निचरका सामान जल्दा करीब रु तीन लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।दुवै ठाउँको आगो स्थानीय बासिन्दा, प्रहरी र राजविराजबाट गएको वारुण यन्त्रले निभाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया