१७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

लोकपथ
3.9k
Shares

दाङ । दाङमा १७ वर्षीया एक किशोरी सामूहिक बलात्कारको शिकार भएकी छिन् । सामूहिक बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन् ।

ती किशोरी बुधबार साँझ तिजको नाच हेर्न गई फर्किनेक्रममा सोही गाउँपालिकाको एक्लाबर नजिक जंगलमा उनीहरूले सामूहिक बलात्कार गरेका थिए ।

बलात्कारको घटना भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई शुक्रबार बिहान पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?