प्रतिनिधि सभाको अर्को बैठक भदौ २७ गते बस्ने

लोकपथ
70
Shares

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक भदौ २७ गते आइतबार बस्ने भएको छ ।

भदौ २३ गते बुधबारबाट प्रतिनिधि सभाको नवौँ अधिवेशन सुरु भएको छ ।

बुधबार बैठक सुरु हुने बित्तिकै नाराबाजी गरी रोस्टम घेर्न पुगेका एमाले सांसदहरुले आज पनि नाराबाजी गरेका थिए । नाराबाजीकैबीच अर्थमन्त्री जनार्दन शर्माले संशोधित बजेटको खाका सुनाएका थिए ।

एमाले सांसदहरुको नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले दुई दुई पटक बैठक स्थगित गरेका थिए ।

अर्थमन्त्रीले बजेटको संशोधित खाका प्रस्तुत गरिसकेपछि सभामुख सापकोटाले अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?