भ्रमण र बैठक भत्तामा दश प्रतिशत कटौती

लोकपथ
259
Shares

काठमाडौं । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बैठक, सेमिनार र भ्रमण भत्तामा १० प्रतिशत कटौती गर्ने घोषणा गरेका छन्।

आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७८/८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै उनले कार्यक्रम, बैठक भत्ता, भ्रमण इन्धन, मर्मत, गोष्ठी, अनुगमन खर्च र भत्तामा १० प्रतिशत कटौती गरी सो रकम कोभिड उपचारको लागि जम्मा गर्ने बताए ।

यसरी ५ अर्ब रुपैयाँ बचत हुने र त्यसबाट कोभिड खोपको प्रबन्ध मिलाएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?