काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को आज बस्ने स्थायी कमिटी बैठक स्थगित भएको छ ।
दिउँसो ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठक स्थगित भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
उनका अनुसार सांसदहरु संसद बैठकमा सहभागी भएको हुनाले बैठक स्थगित भएको हो । अर्को बैठक भोलि बिहाना ९ बजे सोही स्थानमा बस्ने सचिव तामाङले बताए
बैठकमा पार्टीको विधान महाधिवेशन, संसदको चालु अधिवेशनमा पार्टीको भूमिकालगायतका विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया