काठमाडौं। नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीचको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा पहिलो पटक अन्तराष्ट्रिय एकदिवसीय खेलमा डे नाइट क्रिकेट खेल्न गइरहेको नेपालले सुरुवाती ११ मा दुई परिवर्तन गरेको छ। नेपालले शरद भेसवाकरको स्थानमा करण केसी तथा पवन सर्राफको स्थानमा सुशन भारीलाई मौका दिएको छ।

नेपाल र पीएनजीबीचको खेल अहिले ४१५ बजे सुरु हुँदैछ। नेपालले पहिलो मैत्रीपूर्ण खेलमा पीएनजीमाथि दुई विकेटको जित निकालेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया