भाइबरले गर्‍याे नयाँ फिचरको सुरुआत

लोकपथ
65
Shares

काठमाडौं । भाइबरले बिहीबार भर्चुअल कार्यक्रमको आयोजना गरी नयाँ फिचर सुरुआत गरेको छ ।

यो फिचर नेपाल, भियतनाम र फिलिपिन्ससहित एप्याक क्षेत्रमा पहिलो पटक सुरुवात गरिएको भाइबरले जनाएको छ।

भाइबर लेन्स फिचर स्न्याप आईएनसीको सहकार्य तथा स्न्यापको क्यामरा किट, क्रियटिभ किट र अनुकूलन–योग्य बिटमोजीलाई भाइबर एपमा एकीकरण गरी तयार गरिएको छ ।

यस फिचरबाट प्रयोगकर्ताहरुले एआरद्वारा पावर गरिएको फोटो र भिडियो मेसेजहरुमार्फत रमाइलो र अन्तक्रियात्मक सम्वादहरु गर्न सक्नेछन्।

नेपालमा भाइबर लेन्सहरु आईओएसमा भाइबर भर्सन १५.५.५ देखि माथि र एन्ड्रोइडमा भाइबर भर्सन १५.८.०.१५ देखि माथिकामा उपलब्ध छन् । लोकल लेन्सहरु एन्ड्रोइड भाइबर भर्सन १६.० बाट सुरु भएर माथि सबैमा उपलब्ध छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?