‘एमसीसी सम्झौता सकारात्मक होला तर सर्तहरु मान्न सकिँदैन’

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे आफ्नो धारणा पेश गरेका छन्।

आज काठमडौंमा आजोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लोहनीले एसमीसी सहयोग मात्र नेपाल र अमेरिकाको सम्बन्ध नभएको स्पष्ट पारेका छन् ।

‘नेपाल अमेरिकाको मित्रता गहिरो छ। आर्थिक सहयोग मात्र नभएर संयुक्त राष्ट्रसंघमा नेपालको सदस्यताको लागि अमेरिकी योगदान नेपाली ले सधै सम्झिनेछन्।’उनले भने ।

अमेरिकाले नेपाललाई दिन लागेको सहयोग सकारात्मक भए पनि त्यससँगै गाँसिएका सर्तहरुमा आफ्नो असहमती रहेको बताए ।

‘हाल अमेरिकाले एमसीसीमार्फत नेपालमा बिजुली बाटो निर्माण गर्न साहायता दिने भएको छ। यो सकारात्मक हो तर योसँग गासिएको सर्तहरूबारे असहमति रहेको छ।मुलत यो संझौता कार्यान्वयन गर्दा अमेरिकाको वर्तमान कानुन मात्र नभयर भविष्यमा वन्ने कानुन पनि लागू हुने जस्ता अनौठा सर्तको औचित्य बुझ्न सकिएको छैन।’ उनले भने, ‘सम्झौता कार्यान्वयन गर्न एमसीसी नेपाल खडा हुने तर यसले कर्मचारी सरुवा देखि नियुक्ति सम्म अमेरिकाको एमसिसिको स्वीकृत लियर मात्र गर्न पाउने जस्ता प्रवधान ले गर्दा नेपाल सरकार जोकर फाल्तु देखिन पुगेको छ। यस्ता थुप्रै प्रावधानहरुको औचित्यबारे जनता जान्न चाहान्छन।’

अध्यक्ष लोहनीले अमेरिकासँग अनुदान लिएर विकास गर्दा कोही विरोध नगर्ने भएपनि सर्तहरु जोडिएमा त्यसमा पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष लोहनीले भने, ‘अमेरिकासँग अनुदान लियर विकास गर्दाको कोहि विरोध गर्दैनन् तर अनुदान संग जोडिएका सर्तको पुनर्विचार गर्नु पर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?