काठमाडौं । शुक्रबार (आज) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच सभामुख अग्प्रिसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका छन् ।
बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरु नाराबाजीमा उत्रिएका थिए । केही बेर नाराबाजी भएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । पुनः बैठक सुरु भएपनि एमालेको नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले बैठकको कारबाही अघि बढाएका हुन् ।
आजको बैठकमा नाराबाजीकाबीच तीन विधेयकमाथि छलफल सुरू भएको छ ।
यसमध्ये आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको छ ।
एमालेको नाराबाजीबीच प्रेम सुवालले आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए ।
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक अध्यादेश, २०७८ लाई स्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया