वडाध्यक्षद्वारा काठमाडौं महानगरको कार्यालयमा तोडफोड

लोकपथ
637
Shares

काठमाडौं । वडाध्यक्षले काठमाडौं महानगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् ।

वडा नम्बर ५का वडाध्यक्ष रमेश डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै तोडफोड गरेका हुन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड भएको हो ।

उनले ती अधिकारीहरुको कार्यकक्षको ढोकामा लत्ताले हानेका थिए । महानगरका एक अधिकारीका अनुसार आल्मुनियमको ढोका भएकाले सबै ढोकाको कब्जा फुस्किएको छ भने क्षति पनि पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?