सार्वजनिक भयो फेसबुक ग्लास, बोलेरै भिडियो तथा फोटो खिच्न सकिने

लोकपथ
273
Shares

काठमाडौं । फेसबुक र रेबनको सहकार्यमा निर्माण भएको स्मार्ट ग्लास बिहीबार सार्वजनिक भएको छ ।

रेबनसँगको सहकार्यमा फेसबुकले ल्याएको उक्त ग्लासको फ्रन्टमा ५ मेगापिक्सेलको दुई ओटा क्यामेरा रहेका छन् । जसमार्फत फोटो तथा भिडियो खिच्न सकिनेछ ।

जसलाई फेसबुक भ्यु एपमार्फत नियन्त्रण गरी खिचिएका फोटो तथा भिडियो अन्य एपमा पठाउन सकिनेछ ।

उक्त रेबन स्टोरिज नाम दिइएको ग्लासको बजार मूल्य २ सय ९९ अमेरिकी डलर तोकिएको छ ।

क्यामेराको लागि ग्लासमा एउटा बटन उपलब्ध गराइएको छ । अथवा तपाईंले ‘हे फेसबुक, टेक अ भिडियो’ भनी भ्वाइसमार्फत पनि ग्लासलाई फोटा तथा भिडियो खिच्नका लागि निर्देशन दिन सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?