एमालेको अवरोधपछि १५ मिनेटका लागि संसद बैठक स्थगित

लोकपथ
112
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

नवौँ अधिवेशन अन्तर्गतको दोस्रो बैठक सुरु भए लगत्तै एमालेका सांसदहरुले रोस्टम घेर्दै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक सांसदहरुको समस्या बुझेको र बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए । तर एमाले सांसदहरुको बारम्बारको नारापछि सभामुख सापकोटाले बैठक स्थगितको भएको जानकारी गराएका थिए ।

यसअघि बुधबार पनि एमालेको अवरोधपछि २र२ पटक संसद बैठक स्थगित भइ अन्ततः आजसम्मका लागि स्थागित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?