राष्ट्रियसभाको अर्को बैठक भदौ २८ गते बस्ने

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ २८ गते सोमबार दिनको १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो ।

गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?