काठमाडौं । प्रतिनिधि सभाको नवौँ अधिवेशनको दोस्रो बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।
बुधबार बसेको बैठक पनि एमालेको अवरोधका कारण स्थगित भएको थियो । त्यस्तै शुक्रबार (आज) पनि बैठक सुरु भए लगत्तै एमालेले संसदमा नाराबाजी गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले उठाएका विषयहरु आफूको ध्यानाकर्षण भएको बताए पनि सांसदहरुले नाराबाजी गरिरहेका छन् । एमाले सांसदहरुले पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर लगायतका नाराहरु लगाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया