कास्की । कास्कीमा ८ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३२ खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवित मान लिम्बु रहेका छन् ।
लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेको थिए ।
जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया