तेह्रथुम पावरको आईपीओ बाँडफाँट सम्पन्न, कतिले पाए सेयर ?

लोकपथ
2.6k
Shares

काठमाडौं । शुक्रबार (आज) तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान सेयर बाँडफाँट भएको हो ।

कम्पनीले बिक्रीमा ल्याएको सात लाख ४४ हजार कित्ता मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार आवेदकहरूमध्ये ७४ हजार चार सयजनालाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ।

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल दुई करोड ७८ हजार चार सय कित्ता सेयरका लागि आवेदन दिएका थिए, जसमध्ये २३ लाख ४६ हजार ६ सय २७ आवेदकको आवेदन स्वीकृत भएको छ ।

त्यस्तै, बाँकी आठ हजार आाठ सय २० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?