पेसी तोकिए पनि आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा

लोकपथ
182
Shares

काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा राखिएको छ ।

बिस्फोटक पदार्थको पडकाएर मानिसको ज्यान लिएको आरोपमा नख्खु कारागारमा थुनामा रहेका आलमको मुद्दामा आजका लागि पेसी तोकिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेसी तोकिए पनि उक्त मुद्दालाई इजलासले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको सर्वोच्च प्रशासनले जनाएको छ ।

२०७० सालको निर्वाचनमा विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । सो आदेशविरुद्ध आलम सर्वोच्च गएका हुन् ।

उनको मुद्दामा यसअघि पनि पटक पटक सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?