फातिमाले भेटिन् बाबुराम र उपेन्द्र

लोकपथ
663
Shares

काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले सत्तारुढ गठबन्धन जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुसँग भेटघाट गरेकी छिन् ।

बिहीबार साँझ फातिमाले जसपाका अध्यक्ष उपेन्द्र यादव र पूर्व प्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटघाट गरेकी हुन् ।

भेटघाटका क्रममा फातिमाले एमसीसीबारे जसपाको आधिकारिक धारणाबारे चासो राखेकी थिइन् ।

छलफलका क्रममा उनीहरुले प्रमुख दलहरुसँग छलफल गरेर आवश्यक निर्णय लिने जवाफ दिएको बताइएको छ । त्यस्तै शुक्रबार (आज) बिहान फातिमाले पूर्वप्रधानमन्त्री एवं सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गरेकी छिन् ।

चारदिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेकी फातिमाले बिहीबार नै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेकी थिइन् ।

आज नै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई समेत भेट्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?