काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा अमेरिकी आर्थिक सहायता एमसीसीले नेपालको आर्थिक रूपान्तरणमा पार्ने प्रभावबारे छलफल भएको प्रधानमन्त्री देउवाले ट्विटरमार्फत जनाएका छन् ।
चारदिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेकी फातिमाले सत्तारुढ गठबन्धन र विपक्षी दलका नेताहरुलाई समेत भेटघाट गरेकी छिन् ।
फातिमाले पहिले पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सत्तारुढ गठबन्धन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेकी थिइन् । भने शुक्रबार बिहान फातिमाले सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेकी थिइन् । बिहान प्रचण्ड निवास खुमालटारमा फातिमासँगै आएको प्रतिनिधिमण्डलको टोलीले भेटघाट गरेको हो । त्यस्तै त्यसपछि अर्थमन्त्री जनार्दन शर्मासँग समेत फातिमाको टोलीले भेटघाट गरेको छ ।
त्यसैगरी आजै प्रधानमन्त्री देउवालाई भेट्न फातिमासहितको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।पछिल्ला केही दिन यता नेपालमा एमसीसीका विषयमा ठूलो विवाद देखिएको छ । एमसीसीको विरुद्धमा देशका विभिन्न ठाउँहरुमा आन्दोलनहरु भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया