नेयमार चम्किँदा ब्राजिलको सहज जित

काठमाडौं। फिफा विश्वकप २०२२ अन्तर्गत कोनमेबोलको छनोट खेलमा ब्राजिलले पेरूलाई २-० गोलले पराजित गरेको छ।

ब्राजिलको पर्नाम्बुकोमा भएको खेलमा घरेलु टोलीले खेलको १५औं मिनेटमा नै अग्रता लिएको थियो। ब्राजिलका स्टार खेलाडी नेयमारको असिस्टमा एभर्टन रिबेरोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको सुरुवाती १५ मिनेटमै एक गोलको अग्रता लिएको ब्राजिलले सुरुवाती ४५ मिनेटमा अर्को गोल थप्यो। यसपटक खेलको ४०औं मिनेटमा नेयमार आफैंले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए।

पहिलो हाफमा २-० गोलले पछि परेको पेरूले दोस्रो हाफमा प्रतिस्पर्धात्मक खेल खेलेको थियो। ब्राजिलको पोस्टमा १२ शट प्रहार गरेको पेरूले मात्र १ शट टार्गेटमा राख्न सफल भएको थियो।

Peru V Brazil

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले अरु गोल गर्न नसक्दा ब्राजिलले खेल २-० अन्तरले आफ्नो पक्षमा पार्न सफल भएको हो। यस जितसँगै ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा कायमै छ।

ब्राजिलको ८ खेलमा २४ अंक रहेको छ भने ९ खेलमा ८ अंक सहित पेरू सातौं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?